naya shakti rajbiraj gyapan patra
२७ जेठ, रविन्द्र साह राजविराज  । नयाँ शक्ति नेपाल सप्तरीले विहिवार प्रधानमन्त्रीलाई तीन सूत्रीय माँग राखी ज्ञापन पत्र बुझाएका छन ।नयाँ शक्ति नेपाल सप्तरीका संयोजक एवं केन्द्रिय परिषद् सदस्य अरुण कुमार साहलाई जनयुद्धकालिन मुद्धामा पक्राउ गरी जेल चलान गरेको विरोधमा सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।

naya shakti rajbiraj gyapan patra2

नयाँ शक्ति नेपाल केन्द्रिय परिषद् सदस्य छेदी रजक (बिमल) को नेतृत्वमा नारा, जुलुस गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी पुगी प्रमुख जिल्ला अधिकारी बलदेव गौतम मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन।

naya shakti rajbiraj gyapan patra3जनयुद्धका बेला लगाईएका सम्पूर्ण मुद्धाहरु सत्य निरुपन तथा मेलमिलाप आयोग मार्फत हल गर्नुको साट हाम्रा नेता माथि लगाईएको आरोप पूर्णतया झुठा रहेकाले तत्कालै यस मुद्धालाई खारेज गरी रिहा गरीदिनु हुन् सम्मानीय प्रधानमन्त्री ज्यू लाई ध्यानआकर्षण गराउँद छौं भनी बुझाईएको ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्रमा उल्लेखित तीन सूत्रीय माँगहरुमा द्धन्दकालिन झुठा मुद्धा खारेज गर्नु पर्ने ,अरुण साहलाई तत्काल रिहा गर्नु पर्ने ,जनयुद्धका बेला लगाईएका सम्पूर्ण नेता तथा कार्यकर्ता माथिको मुद्धा खारेज गर्नु पर्ने उल्लेख छ ।

naya shakti rajbiraj gyapan patra1

तपाईको प्रतिक्रिया