संयुक्त राष्ट्रसंघले द्वन्द्वबाट शान्ति स्थापनातर्फ अघि बढेका देशहरुमा सेनाका सट्टा प्रहरीलाई प्राथमिकता दिने भएको छ। त्यस्ता देशमा महिला तथा बालबालिकाको सुरक्षामा सेनाभन्दा प्रहरी प्रभावकारी देखिएको भन्दै प्रहरीलार्इ प्राथमिकता दिने निर्णय गरेको हो।  यही २० र २१ मा अमेरिकामा सम्पन्न राष्ट्रसंघीय प्रहरी प्रमुख (युएन कप्स) को सम्मेलन शान्ति मिसनमा कार्यरत उच्च अधिकारीहरुले प्रतिबेदन पेस गर्दै द्वन्द्वग्रस्त धेरैजसो देशमा सेनाभन्दा प्रहरीको काम प्रभावकारी भएको बताएका थिए।
युद्ध भइरहेका मुलुकमा सेनाकै प्रभावकारी भएपनि अन्य  देशमा अर्धसैन्य बल र सिभिल प्रहरीको काम प्रभावकारी देखिएको आधारमा ती देशमा आगामी दिनमा प्रहरीलार्य प्राथमिकता दिने निर्णय गरिउको छ।  अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ।

तपाईको प्रतिक्रिया