२८ जेठ, रविन्द्र साह सप्तरी।सप्तरीको नर्घो गाविसलाई मदिरा तथा खुल्ला दिसा मुक्त अभियान सँगै संचालन गर्ने प्रतिवद्धता त्यहाँका स्थानीय महिलाहरुले जनाएका छन । जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्धारा संचालित खुल्ला दिसा मुक्त अभियान अन्तर्गत नर्घो गाविसमा बिहिबार आयोजित सरसफाई सम्बन्धित आम भेलामा सहभागि बक्ताहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।कार्यक्रममा सहभागि अधिकांश महिलाहरुले एक घर एक चर्पी निर्माण गरी बाहिर शौच गर्ने कार्यलाई बन्द गरी अगामी असार महिनाभित्रै खुल्ला दिसा मुक्त गाविस घोषणा गर्नका लागि सहयोग गर्ने बताएका छन् ।

गाविस सचिव तथा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक दिनेश कुमार यादवको अध्यक्षता तथा स्वतन्त्रता सेनानी बिहारी साहको प्रमुख आतिथ्यमा आयोजित सो आम सभामा नर्घो गाविसका निवर्तमान गाविस अध्यक्ष मुसहरु यादव, भुपु गाविस अध्यक्ष परमानन्द यादव, सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झा, फिल्ड अफिसर शुभ नारायण यादव, स्वतन्त्रता सेनानी लालदेव यादव, स्वास्थ्य चौकीका प्रमुख रामचन्द्र यादव, नर्घो गाविसका स्थानीय प्रजवलक कृष्णदेव यादव, रामाकान्त यादव, जमाहर लाल यादव, ललिता देवी सदा, ललिता ठाकुर, इश्वर देवी यादव, नर्घो युवा समुहका अध्यक्ष विसुनदेव यादव, नथुनी पासवान, बिरेन्द्र यादव, समाजसेवि अनिल झा, राज कुमार साह, अनारवत्ति देवी सहितका बक्ताहरुले गाविस तथा सबै जना मिलेर एक घर एक चर्पी निर्माण गरी खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

तपाईको प्रतिक्रिया