titanic_cracker-500x280

समुद्री जहाज टाइटनिकको लाइफबोटमा रहेको एउटा बिस्कुट १५ हजार पाउण्ड स्टर्लिङ अर्थात २३ लाख ८७ हजार नेपाली रुपैयाँमा बिक्री गरिएको छ ।

बिस्कुट लिलामीको क्रममा १५ हजार पाउण्ड स्टर्लिङमा बिक्री भएको लिलामिकर्ता एन्ड्रयु अलब्रिजले बताएका छन् । यससँगै स्पिलर एण्ड बेकर्स पाइलट नाम उल्लेख गरिएको युक्त बिस्कुट विश्वकै सबै भन्दा महंगो बिस्कुट बनेको छ ।

सन् १९१२ को अप्रिल १५ मा समुद्री जहाज टाइटनिक बेलायतको साउथह्यामप्टनबाट अमेरिकको न्युयोर्क जाने क्रममा दुर्घटनाग्रस्त भएको थियो । समुद्रमा रहेको आइसबर्गमा ठोक्किएपछि टाइटनिक समुद्रमै डुबेको थियो । लिलामी भएको बिस्कुटलाई टाइटनिकका एक यात्रुले लाइफबोटमा राखेका थिए ।साझासवालबाट

तपाईको प्रतिक्रिया