मुलुकमा २९ वाणिज्य बैँक, ७२ विकास बैँक। ४७ फाइनान्स कम्पनी, ४१ लघु विकास बैंक र १३ हजार ४ सय १५ सहकारी संस्था सञ्चालनमा छन्। यिनीहरुको मुख्य काम नै सेवाग्राहीको कमाइको सुरक्षा गर्नु, बचत गर्ने बानी बसाल्नु र आवश्यक परेका बखत ऋणधन उपलब्ध गराउनु हो।  पत्याउनु हुन्छ? अझै पनि ३९ प्रतिशत नेपाली भने बैंक तथा वित्तीय संस्थाको पहुँचै राख्दैनन्।
उनीहरु पैसाको सिरानी हालेर सुत्छन्। पैसा धेरै भएर होइन, उनीहरुले बचत रकमको सुरक्षाको चिन्ताले सिरानीमा पैसा राख्ने गरेका हुन्। बैँकसम्म पहुँदा नपुग्दा सिरानी, दराज, कन्तुर, सन्दुक र थैलीमा पैसा थन्काउनु उनीहरुको बाध्यता हो। नेपाल राष्ट्र बैँकले करिब एक वर्षअघि दाता निकाय डीएफआइडी, युएनडीपी र युएनसिडीएफको सहयोगमा गरेको अध्ययनअनुसार सहकारी संघसंस्थालाई समेत औपचारिक क्षेत्र मान्दा करिब ६१ प्रतिशतले मात्र बैंकिङ सेवा लिइरहेको देखिन्छ।
त्यसमध्ये ४० प्रतिशतले बैंक, वित्तीय संस्थाबाट र बाँकीले सहकारी तथा अन्य औपचारिक वित्तीय क्रियाकलापबाट बैंकिङ सेवा लिँदै आएको नतिजा छ। २१ प्रतिशतमा पनि सहकारीबाट ११ र बाँकी १० प्रतिशतले अन्य औपचारिक वित्तीय क्रियाकलापबाट सेवा प्राप्त गरेको उल्लेख छ। अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया