नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा चुनाव हारेका नेताले केन्द्रीय सदस्य मनोनित गर्न दबाब बढाएपछि सभापति शेरबहादुर देउवा तनावमा परेका छन् । केन्द्रीय सदस्यमा पराजित सबैले मनोनित गर्न भन्दै धम्की दिन थालिएपति उनी तनावमा परेका हुन् । पराजितहरुको दवावबीच देउवाले शुक्रबार मात्रै १३ औं महाधिवेशनमा चुनाव नलडेका तीन नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । उनले किशोरसिंह राठौंर, केशवकुमार बुढाथोकी र श्यामकुमार घिमिरेलाई केन्द्रीय सदस्य मानोनीत गरेका हुन् ।
२५ औं स्थानमा आउन नसकी केही चर्चित अनुहार समेत महाधिवेशनमा पराजित भएका थिए । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।