सासू–ससुरालाई आमाबाबु बनाएर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने गाविससचिवलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले किर्ते गरी नागरिकता बनाइदिएको आरोपमा तत्कालीन डायनिया गाविसकी सचिव किरणदेवी देबलाई पक्राउ गरेको हो। तत्कालीन मोरङ डायनिया गाविसकी सचिव देवलाई किर्ते गरी भारतीयलाई नागरिकता दिलाएको आरोपमा रंगेली प्रहरीले पक्राउ गरेको हो।
भारतीय ज्वाइँ हैरानुको बाबु बनेर ससुरा सोनाइँले सनाखत गरेका थिए। हैरानुलाई नेपाली नागरिक बनाउन सातजना स्थानीयले सर्जमिन कागजातमा सहीछाप गरेका थिए। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ।