२९ जेठ, रविन्द्र साह सप्तरी।ईकोसान चर्पी निर्माण गरी यसबाट प्रारम्भिक मल उत्पादन गर्न सकिने विश्वास एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीको आयोजनामा बुधबारदेखि राजविराजमा आयोजित तीन
दिने इकोसान प्रवद्र्धन तालिमको समापन समारोहमा सहभािगहरुले सो कुरामाजोड दिएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले सरसफाईमा सप्तरी जिल्ला निकै पछाडी परिएको अवस्थामा ईकोसान
सम्बन्धि तालिम संचलनमा आएपछि यसबाट जिल्लालाई खुल्ला दिसा मुक्त गर्नमा सहयोग पुर्याउनुका साथै सरसफाईमा समेत अगाडी बढ्न सकिने बताउनुभयो ।उहाँले ईकोसान युक्त चर्पी निर्माण गरी यसबाट उत्पादन हुने नाईट्रोजनलाई सही मात्रामा प्रयोग गरी मलखाद्य बन्नमा सहयोग गर्नेभएकाले सो प्रति सबै जागरुक बन्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला खानेपानी कार्यालयका प्रमुख ई.लोकेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित सो तालिमको समापन्न समारोहमा जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी शंकर लुईटेल, नेपाल पत्रकार महासंघका कावा अध्यक्ष श्रवण कुमार देव, तालिमका प्रशिक्षकद्वय श्रीरेन्द्र पोखरेल, संगिता पोखरेल, खानेपानी कार्यालयका प्रभु नारायण चौधरी, युएनह्याविटाटका जिल्ला संयोजक हरी बुढाथोकीलगायतका बक्ताहरुले सरसफाई अभियानमा सप्तरी जिल्ला पनि अगाडी बढीरहेकोले सो अभियानको सबैको सहयोगको आवश्कयता रहेको बताउनुभयो । उक्त तीन दिने तालिममा जिल्लाको विभिन्न २५ गाविसकासहजकर्ताहरुको सहभागिता रहेको आयोजक खानेपानी कार्यालयका हरी नारायण यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया