२९ जेठ, रविन्द्र साह सप्तरी।अवैध रुपमा चोरी तस्करी गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले हजारौ मुल्य बराबरको सरसमान नियन्त्रणमा लिएको छ । सप्तरीको पत्थरगडा गाबिस वडा नं.२ स्थितमा खटिएको प्रहरी टोलीले सडकमा बेबारिसे अबस्थामा अबैध भन्सार चोरी निकासी पैठारी गरी ल्याउँदै गरेको अवैध मसानहरु पक्राउ गरेको छ । प्रहरीले चनाको सातु १० किलो, सुर्ति ३० पोका, मट्तिेल ३ ग्यालन, खानेतेल ४ टिन, बटरकेकर बिस्कुट १७ प्याकेट प्रति प्याकेट गरी करिब ६० हजारको सामानहरुको भनसार पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया