२९ जेठ, इनरुवा। पिछडावर्ग (OBC) द्वारा सञ्चालित ६० दिने आधारभुत कम्प्युटर तालिमको आज एक समारोहका बिच समापन गरियो। इनरुवा २ शान्ति चौक नेशनल स्किल डेभलोपमेन्ट एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग तथा पिछडिएको समुदाय (OBC) उत्थान विकास समिति , ज्वागल ललितपुरको आर्थिक सहयोगमा २१ चैत्र ७३ देखि २१ वैशाख ७३ सम्म सञ्चालित उक्त कार्याक्रमा जम्मा २५ जना पिछडावर्गका युवा युवतिहरुको सहभागिता थियो।
कार्यक्रमको प्रमुख अतिथि पुरुषोतम शर्मा, विशेष अतिथि रुद्र नारायण मेहता, अतिथिहरुमा बिरेन्द्र शाह, जितेन्द्र यादव, महेन्द्र मेहता हुनुहुन्थियो भने कार्यक्रमको संयोजन अनुप बहादुर खडकाले गर्नुभएको थियो।
प्रशिक्षार्थिहरु मध्ये सुमित्रा साह तथा अमित यादवले तालिमको अनुभव र उपलब्धिको बारेमा आफ्नो बिचार व्यक्त गरेकाथिए।उक्त कार्यक्रम बिच प्रशिक्षार्थिहरुलाइ प्रमुख अतिथि पुरुषोतम शर्माले आधारभुत कम्प्युटर तालिमको प्रमाण पत्र वितरण गर्नुभएको थियो। २८ गते शुक्रबार राखिएको उक्त कार्यक्रम प्राविधिक त्रुटिले गर्दा २९ गते शनिबार सारिएको जानकारि कार्यक्रम संयोजक अनुप बहादुर खडकाले दिनुभएको थियो।