ncell-tawar-aakraman

२९ जेठ, काठमाडौँ । राज्यलार्इ कर नतिरेको, सर्वसाधारणलार्इ सस्तो र सुलभ सुविधा दिन नसकेको भन्दै विप्लब माओबादीले देशका विभिन्न स्थानमा रहेका ६ ओटा एनसेल टावर धोस्त बनाएको छ ।

विप्लब माओबादीले मोरङ, दाङ, सल्यान, गोरखा र धनकुटाका केहि टावरहरुमा आक्रमण गरेको बताएको छ । राज्यलाई कर तिर्न अटेर गरेपछि एनसेलका देशभरका टावर र कार्यालयहरुमा शनिबार आक्रमण गर्ने योजना केन्द्रकै निर्देशन भएको विप्लव माओवादीले बताएको छ ।

माओबादीले दाङको लक्ष्मीपुर गाविस स्थित चौपट्टा र लमही नगर पालिका ४ को श्रीगाउँ स्थित एनसेलको टावरमा अज्ञात समुहले एकै समयमा आगजनी गरेको छ । रातको दुई देखि तीन बजेको समयमा आगो लगाएको बताइएको छ।

यस्तै सल्यानको जैतपानी स्थित एनसीएलेको टावरमा पनि माओबादीले आगजनी गरेको छ । एकै साथ दाङका दुई वटा र सल्यानको एउटा एनसेल टावरमा आगजनी गरिएको माओबादीले जनाएको छ ।

यसैगरी मोरङको याङसिलामा रहेको एनसेलको टावरमा शनिबार दिउसो आक्रमण गरेको छ । माओबादीको आक्रमणबाट टावर पुर्ण रुपमा ध्वस्त भएको बताइएको छ । यसैगरी आज राति ४ बजे धनकुटाको धर्मसालामा रहेको एनसेल टावरमा पनि विप्लव माओबादीले आक्रमण गरेको धनकुटा माओबादीले जनाएको छ ।

यस्तै विप्लव माओवादीका कार्यकर्ताहरुले गोरखामा रहेको एनसेलको एउटा मोबाइल फोन टावरमा आगजनी गरेका छन् । गोरखाको अश्र्राङ गाविस–७ ठामडाँडामा रहेको एनसेलको मोबाइल टावरमा आज बिहान तीनजनाको समूमा आएका विप्लव माओवादी कार्यकर्ताले शनिबार बिहान १० बजे आगजनी गरेका हुन् ।

राज्यलाई तिर्नु पर्ने कर नतिरेको, सर्वसाधारणलार्इ अनावश्यक सुविधा देखाउदै लुट मच्चाएकाे भन्दै माअाेवादीले यस्ताे अाक्रमण गरेकाे बताएकाे छ । एनसेल नेपालले राज्यलार्इ ३९ अर्ब रकम तिर्नु बाँकी छ । तर विभिन्न बहाना देखाउदै एनसेलले अहिलेसम्म कर तिरेकाे छैन ।साझासवालबाट

तपाईको प्रतिक्रिया