betna purana samagri

३० जेठ, नरेन्द्र बस्नेत बेलबारी । मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रमा पुरातत्व बिभागको ४ सदस्यीय उत्खनन टोलीले शनिबारबाट अनुसन्धान र उत्खनन शुरु गरेको छ ।करिब २ बर्ष अघि सिमसार क्षेत्रमा स्थानीयले भेटेका माटोका भाँडाका टुक्राहरु र ढुंगाका पुराना हतियारहरु भेटिएपछि स्थानीयले सो सामानहर जम्मा पारेर पुर्ब साँसद हर्कमान तामाङ मार्फत पुरातत्व बिभागमा पठाएपछि एक टोली आएर सो बारेमा अनुसन्धान शुरु गरेको थियो ।

सो क्षेत्रमा भेटिएका माटोका टुक्राहरु,र हतियारहरु ७ सय देखि ३ सय इसापुर्बका हुनसक्ने अनुमानका साथ फेरी सो क्षेत्रमा अनुसन्धान गर्नका लागी बरिष्ठ पुरातत्वबिद रामानन्द मिश्र सहितको टोली बेतनामा आएर अनुसन्धान शुरु गरेको छ । मिश्रले सो क्षेत्रमा आर्य समुदायको बसोबास भएको हुनसक्ने र उनीहरुले नै प्रयोग गरेका भाँडा र हतियारहरु भएको हुनसक्ने अनुमानका साथ अनुसन्धान शुरु गरिएको बताए । टोलीमा पुरातत्व बिभाग, केन्द्रीय कार्यलय प्रमुख भेष नारायण दाहाल, अधिकृत बिष्णु पाठक इन्जिनियर लक्ष्मी महर्जन रहेका छन ।

betna purana samagri1

पुरातत्व बिभागमा बि.स २०२१ देखि २०५२ सालसम्म अधिकृत भएका मिश्र सहितको टोलीले कपिलबस्तु,लुम्बिनी लगायतका स्थानमा समेत यसअघि उत्खनन गरिसकेको छ । बेतनामा अनुसन्धानका लागी १५ दिनसम्म रहने टोलीले लेटाङभोगटेनी नगरपालिकामा रहेको राजारानी धिमाल पोखरी क्षेत्रमा समेत अनुसन्धान गर्ने गर्ने जनाएको छ । यसअबधिमा आसपासका क्षेत्रमा रहेका आर्य समुदायको पुरानो बासस्थान रहेको क्षेत्रको समेत अनुसन्धान गर्ने जनाएको छ ।

टोलीले उत्खनन कार्यमा सहयोग गर्ने सबै स्थानीय बासिन्दाहरु सँग समेत आग्रह गरेको छ । यो क्षेत्रको पर्यटकीय मात्र नभएर ऐतियहासिक तथा पुरातात्विक क्षेत्रका रुपमा बिकास गर्नका लागी पनि यो उत्खनन कार्यले मद्धत पुग्ने मिश्रले बताए । यसअघि सो क्षेत्रमा भेटिएका सबै सामाग्रीहरु सुरक्षित राखिएको र सो क्षेत्रको उत्खनन कार्यमा आफुहरुको पनि साथ सहयोग रहने बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहका अध्यक्ष डम्बर बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया