चालु आर्थिक वर्षको १० महिनामा काठमाडौं जिल्ला अदालतले सम्बन्धविच्छेदका १ हजार ६ सय ७ मुद्दा टुंग्याइदियो। अर्थात्, काठमाडौंमा मात्र दैनिक ५.३५ वटा दाम्पत्य टुटिरहेको छ। काठमाडौंमा मात्र अघिल्लो साउनदेखि गत वैशाखसम्म १ हजार ७ सय ८३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। तीमध्ये ४ सय ३८ वटा मुल्तबीमा छन् ।

 पाचपाचुके पाउन अदालत जानेमा महिला धेरै छन्। हरेक वर्ष यो संख्या बढिरहेको छ। अधिवक्ता सपना प्रधान मल्लका अनुसार कानुनले दिएको सुविधाका कारण सम्बन्धविच्छेदका घटना बढेको बताउँछिन्। वैदेशिक रोजगारीको बढ्दो क्रम र त्यसले निर्माण गरेको आर्थिक सम्पन्नताका साथै साक्षम र आत्म निर्भर महिलाको संख्यामा बृद्धिले पनि सम्बन्धविच्छेदका घटना बढेको उनको ठम्याई छ । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया