kiss

३१ जेठ। क्यानडामा एक युवतीले आफ्नो प्रेमीलाई चुम्वन गर्दा  केहि वेरमा नै ज्यान गएको छ । चुम्वन गरेकै आधारमा प्रेमीकाको मृत्यु भएपछी सबै आश्चार्यमा परेका छन्। क्यानडाको मान्ट्रीयल भन्ने ठाउँमा सो घटना भएको हो । युवतीलाई बदमको एलर्जी हुने समस्या रहेछ । तर त्यहि दिन युवकले बदमको बटर हालेर बनाईएको स्याण्डविच खाएका रहेछन्।

चुम्वन गर्दा त्यसको प्रभावका कारण युवतीको मृत्यु भएको समाचार एजेन्सीले जनाएको छ। मिरियम डुक्रे लेमए नाम कि ती युवती अक्टोबर २०१२ महिनामा एउटा पार्टीमा गएकी थिईन् । सो स्थानमा नै त्यो दुखद घटना भएको थियो । मिरियमले आफुलाई बदम देखि एलर्जी हुने गरेको कुरा बताएकी थिईनन् ।

myrium-kiss dead lady

पार्टीमा सहभागी भएर मिरियम आफ्नो प्रेमीको घरमा गईन जहाँ मिरियमको प्रेमी बदाम हालेको स्याण्डविच खाएर बसेका मात्रै थिए । उनले ब्रस पनि गरेका थिएनन् ।आफ्नो प्रेमिलाई चुम्वन गर्ने वित्तिकै मिरियमलाई त्यसको असर देखा पर्न थाल्यो र केहि मिनेटमा नै उनको हालत खराब हुन थाल्यो ।लगत्तै उनको स्वासप्रस्वासमा समस्या देखियो।

स्वासमा समस्या देखिए पछि मिरियमले इपिपेनको साहारा लिन खोजिन तर त्यतिवेला त्यो उनीसंग उपलब्ध भएन। तत्काल मिरियमका प्रेमीले तत्काल एम्बुलेन्स बोलाए र हस्पिटल लगे । हस्पिटल लगे पनि मिरियमको स्वास्थ्य झनै विग्रियो । हस्पिटलमा उनलाई बचाउन डाक्टरले सक्दो प्रयास गरे तर सेरेब्रल एनोक्सियाको कारण मिरियमको ज्यान गयो ।

मिरियमको मस्तिष्कमा अक्सिजनको सप्लाई हुन रोकिसकेको थियो। मिरियमलाई सामान्य चिजको पनि एलर्जी हुने गरेको र त्यो दिन मिरियम संग ईपीनेन नभएको कारण उनको ज्यान गएको मिरियमको आमाले बताएकी छिन्। नेपाल शन्देसबाट

तपाईको प्रतिक्रिया