एजेन्सी । बलिउड कमेडियन कपिल शर्माकी पत्नि तथा प्रेमिकाको भूमिकामा अभिनय गर्दै आएकी सुमोना चक्रवर्तीले कपिलको शो छोड्न लागेकी छिन ।सोनी टेलिभिजनबाट प्रसारण हुदै आएको ‘द कपिल शर्मा शो’ को निर्माण पक्षले पारिश्रमिक वृद्धि नगरेको कारण सुमोनाले सो छोड्न लागेको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।
साथै डाक्टर मसुर गुलाटीकी पुत्रीकोरुपमा अभिनय गर्दै सरला बनेकी सुमोनाको स्थानमा अर्की एक युवती लञ्च गर्ने तयारी प्रोड्युसरले गरेपछि सुमोना असन्तुष्ट भएको बताइएको छ ।
यस भन्दा अघि कलर्स टेलिभिजनबाट संचालन भएको शो ‘कमेडी नाइट्स विथ कपिल’ देखि नै सुमोनाले कपिलको पत्नि तथा प्रेमिकाको भूमिकामा अभिनय गर्दै आएकी थिइन।