nuwakote tiger1

नेपालमा रेस्लिङ खेलको सुरुवात भएको धेरै समय भएको छैन, तर युवापुस्तामाझ यो खेल धेरै प्रख्यात भइसकेको छ । अहिले देशका विभिन्न भागमा सानातिना रेस्लिङ खेलको आयोजना हुदै आएको छ । हालसालै एक अन्तर्राष्ट्रिय स्तरको रेस्लिङ खेल आयोजना पनि भइसकेको छ । तर, यस खेलले व्यवसायिकता पाउन नसक्दा खेलाडीहरु चिन्तित बनेका छन् । यो खेल युवापुस्तामाझ जति चर्चित छ त्यही अनुसारको खेलस्थानहरु निर्माण गर्न नसकिएको धेरैले गुनासो पनि गर्ने गरेका छन् ।

यस्तै रेस्लिङ खेलको क्षेत्रमा उदाउदा खेलाडीका रुपमा चम्किएका छन् नुवाकोटे टाइगर । नुवाकोटमा जन्मिएर हिमालयन टाइगरसंग र जापानी तथा अमेरिका प्रशिक्षकहरुसंग तालिम लिएका उनी यस क्षेत्रमा ७ बर्षदेखि निरन्तर डटिरहेका छन् । उनलाई भविष्यमा अन्तर्राष्ट्रिय खेलाडीको रुपमा हेर्न थालिएको छ । यसै सन्भर्ममा उनी र उनको खेलजीवनसंग सम्बन्धित विषयमा गरेको कुराकानी प्रस्तुत गरेका छौं ।

० तपाई रेस्लिङ खेलप्रति कसरी आकर्षित हुनुभयो ?
– म सानो हुदा देखि नै विभिन्न टेलिभिजन च्यानलहरुमा विदेशी रेस्लिङहरु हेर्ने गर्दथे । त्यसबखत नेपालमा भर्खरै रेस्लिङप्रति मानिसहरुको चासो बढ्दै गएको थियो । मलाई पनि आफु त्यस्तो बन्न पाए कस्तो हुन्थ्यो होला भनेर मनमनै सोच्ने गर्दथे । आफुले त्यस्ता रेस्लरहरुले गरेका टेक्निकहरुलाई ध्यान दिने गर्दथे । मैले माध्यमिक शिक्षा लिएर काठमाडौं आएपछि व्यवसायिक रुपमा नै तालिमहरु लिएर आफ्नो इच्छाले यस खेलप्रति लागेको हु।

० तपाईको नाम नुवाकोटे टाइगर कसरी रहन् गयो ?
– यो त सामान्य कुरा हो । म नुवाकोटमा जन्मिएको हुनाले नुवाकोटे टाइगर राखेको हु । म नुवाकोटमा जन्मिएको हुनाले जिल्लाको नामलाई पनि चिनाउन यस नाम उचित ठानेको हु ।

० तालिम लिदा कति गाह्रो महसुस गर्नुभयो  ?
– रेस्लिङ त्यही पनि शुन्य अनुभव ग्रँहो त त्यसैपनि हुनेभयो । मेरो सपना एउटा कुशल रेस्लर बन्नु थियो । त्यसैले गर्दा मलाई शारीरिक पीडा धेरै भएपनि मैले आत्माबाट गाह्रो महसुस गरिन् । यस खेलका लागि अनिवार्य २ बर्ष तालिम लिनुपर्दछ । जुन निकै कठिन कार्य पनि हो । मैले गुर्जुधारास्थित तालिम केन्द्रमा २ बर्ष तालिम लिएको थिए ।

nuwakote tiger

० खेलप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– यो मैले बाध्यताले भन्दा पनि इच्छाले रोजेको पेशा हो । त्यसैले मैले आम्दानीभन्दा पनि आफ्नो खेलमा ध्यान दिने गर्दछु । यस खेलप्रति म पूर्ण सन्तुष्ट छु ।

० परिवारबाट साथ पाउनुभयो त ?
– म नुवाकोटको एक साधारण परिवारमा हुर्केको मान्छे हो । बाहिरी मुलुकमा रेस्लिङको महत्व र चर्चा फरक रहेपनि नेपालमा यसले स्थान बनाउने क्रममै छ । रेस्लिङ खेल व्यवसायिक रुपमा सञ्चालन हुन सकेको छैन । यसैकारणले परिवारको सुरुसुरुमा  यसप्रति असहमति थियो । विस्तारै विस्तारै वहाहरु पनि साथ दिन थाल्नुभयो ।

० आम्दानी कस्तो छ ?
– अहिलेको समयमा नेपालमा यस खेलको विस्तार व्यापक रुपमा भइरहेको छ । देशका विभिन्न जिल्ला तथा शहरहरुमा रेस्लिङ प्रतियोगिता आयोजना गरिन्छ । विभिन्न कार्यक्रममा सहभागी हु“दा राम्रै आम्दानी हुने गरेको छ ।

० अहिलेसम्म के कस्तो सफलता पाउनुभयो ?
– यो एउटा हारजितको खेल हो । कहिले हार हुन्छ त कहिले जित, तर मनोरञ्जन लिनु नै सबैभन्दा ठूलो कुरा हो । मैले हालसम्म ३० वटाजति सिंगल म्याच प्रतियोगितामा सफलता प्राप्त गरेको छु । त्यस्तै, ट्यागटिम म्याचमा गोल्डेन अवार्ड, विभिन्न ट्रफी तथा प्रमाणपत्रहरु प्राप्त गरेको छु । र, हालसालै दशरथ रंगशालामा नेपाल रिङ रेस्लिङ संघको आयोजनामा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा विजय प्राप्त गरेको छु ।

० रिङभित्र छिरेपछि आफ्नो प्रतिद्धन्दीलाई कस्तो आंकलन गर्नुहुन्छ ?
– मैले रिङभित्र छिरेपछि जस्तोसुकै प्रतिद्वन्द्वी भएपनि कम आंकलन गर्दिन । सबैको आ–आफ्नै गुण, क्षमता, तरिका हुन्छन् यस खेलमा । त्यसैले प्रतिद्वन्द्वीको तरिकालाई पहिले नियालेर त्यसै अनुरुप म प्रस्तुत हुने गर्दछु ।

० यस खेलमा भविष्य छ जस्तो लाग्छ तपाईलाई ?
– अन्तर्राष्ट्रिय स्तरमा यस खेल अन्य चर्चित खेलकै बराबरीमा चर्चामा रहन्छ । हाम्रो देश नेपालमा पनि यस प्रतियोगिताले ठाउ पाउदै आइरहेको छ । अहिले नेपालमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितासमेत सम्पन्न भइसकेको छ । आगामी बर्षमा यसले आफ्नै स्थान कायम गर्दछ भन्ने लाग्छ मलाई । यस खेलको प्रवद्र्धनका लागि सरकारबाट पनि पहल हुनु जरुरी छ ।खबरटाइम्सबाट

तपाईको प्रतिक्रिया