कपिलवस्तुको शिवराज नगरपालिका नौडिहवाकी बोल्न नसक्ने महिलामाथि सामूहिक बलात्कार भएको छ । भैंसी चराउँदै करिब ७ बजे साँझ जबई खोलामा पानी खुवाउन गएकी ३५ वर्षीया चौधरी महिला आइतबार बलात्कृत भएकी हुन् । उनको अवस्था गम्भिर छ । सोमबार साँझसम्म पनि उनी अर्धचेत अवस्थामा छिन् । टाउकामा गम्भीर चोट लागेको छ । शरीरभरी दाँतले टोकेका डाम छन् ।

 हातखुट्टामा रसीले बानेको जस्ता देखिने छाप छन् । रक्तस्राव रोकिएको छैन । आइतबार साँझ नै आफन्तले उपचारको लागि लुम्बिनी अस्पताल ल्याएका थिए ।बलात्कारमा चन्द्रौटामा रहेका विन्दावासिनी गणका १० जना सशस्त्र प्रहरी संलग्न भएको महिलाले सांकेतिक भाषामार्फत आफन्तलाई बताएकी छिन् ।
 ‘हातखुट्टा बाँधेर १० जनाले पालैपालो बलात्कार गरे,’ उनको बोली उद्वृत गर्दै भाउजू रामदुलारी चौधरीले भनिन्, ‘नमानेपछि टोक्ने, ढुंगामा ठोक्ने र कुट्ने पनि गरेका थिए रे ।’ महिला राति घिस्रिदैँ नजिकैको न्यौपाने थरका छिमेकीको घरमा आएर गुहार मागेकी थिइन् । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया