१८ वर्षको उमेरमा बेचिएकी एक किशोरीले बेचिएको स्थानबाट फर्किएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोमबार उजुरी दिएकी छिन्। ‘प्लस टु अध्ययन गर्दा गर्दै बेरोजगारीका कारण आफन्तलाई काम खोजिदिनु भनेको थिएँ, विदेश पठाइदिन्छु भन्दै भारतमा लगि बिक्री गरेछन्,’ बेचिएकी ती युवतीले भनिन्। काभ्रे पाँचखाल नगरपालिका-११ तत्कालीन बालुवा गाविस घर भएकी १८ वर्षीया युवतीलाई दलालहरुले २०७१ साल बैशाख २० गते घरबाटै फकाएर दिल्ली पुर्याएका थिए।
‘बच्चै छु, यस्तो काममा मलाई नलगाउनुस्, म सक्दिँन भन्दा पनि उसले मानेन, युवतीले भनिन्,‘तँलाई ६ लाख रुपैयाँमा किनेर ल्याएको पूजा गर्न होर ?’ खान लगाउन समेत नदिइकन एकोहोरो शोषण मात्रै गरेपछि बालिकाले भाग्ने प्रयास गरिन तर सफल भइनन्। करिब एक महिनापछि राति घरमा कोही नभएको मौका छोपी उनी अरबीको घरबाट त भागिन् तर जाने ठाउँ कहीँ भएन।
२०७१ असोजमा नेपाली दूताबासको शरणमा पुगेकी उनलाई सिन्धुपाल्चोक समाजले सहयोग रकम संगलन गरेर पठाएपछि २०१४ डिसेम्बर १९ मा उनी बल्ल नेपाल फर्कन सफल भइन्। १८ वर्षमा बेचिएकी बालिका अहिले २० वर्षकी भएकी छिन्। अाजकाे नेपाल समाचार पत्र दैनिकमा खबर रहेकाे छ।