timthumb

काठमाडौं– व्यवस्थापिका संसद भवन नयाँ वानेश्वरमा राष्ट्रपातिका लागि आज भएको मतदानमा कूल ५४९ मत खसेको छ । संसदमा हाल ५९७ सांसद रहेका छन् । मतदानमा मधेसी दलका कुनै पनि सांसद सहभागि भएनन् । एमाले सांसद कृष्णभक्त पोखरेलका अनुसार मतदान सम्पन्न भएपछि मतगणना अहिले जारी छ । राष्ट्रपतिमा नेकपा एमालेका विद्या भण्डारी र नेपाली कांग्रेसका कूल बहादुर गुरुङ उम्मेद्वार रहेका छन् । एमाले उपाध्यक्ष भण्डारी संघीय गणतन्त्र नेपालको दोस्रो एबम् पहिलो महिला राष्ट्रपति बन्ने निश्चत जस्तै छ । २ बजेर ३० मिनेटबाट मतगणना सुरु हुने र साँझ ५ बजे बस्ने संसदको बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा गर्नेछिन् ।

तपाईको प्रतिक्रिया