sahari swasthya kendra belbari

२ असार,नरेन्द्र बस्नेत बेलबारी । गाँउमै शहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि बेलबारी नगरपालिकाको वार्ड नम्बर ५ र आसपासका वार्डका स्थानीय बासिन्दाहरु हर्षित भएका छन ।बेलबारी नगरपालिकाले वार्ड नम्बर ५ को बुधबारेमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरेपछि आसपासका वार्ड नम्बर ६,७ र ८ का करिब १५ हजार स्थानीय बासिन्दा लाभान्वित हुने भएका छन ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हरेक नगरपालिकामा स्वास्थ्यको पहुँच नपुगेको वार्डमा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्नका लागी बजेट छुटयाएपछि सो नगरपालिकाले स्थानीयको माग अनुसार सर्बदलीय बैठक समेत गरेर सो ठाँउमा केन्द्र स्थापना गरेको हो । स्वास्थ्य केन्द्रको बुधबार एक कार्यक्रमका बिच बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले उदघाटन गरेका छन ।

उदघाटन पछि पौडेलले बिकासका क्रममा कसैलाई काखा र कसैलाई पाखा गर्न नुहने र बिकासप्रेमी मान्छेलाई मात्र आफुले माया गर्ने गरेको बताए ।बिकासका लागी सबैले हातेमालो गर्नुपर्ने बताउँदै उनले शहरी स्वास्थ्य केन्द्रले यस भेगका स्थानीयलाई सेवा पुर्याउने बिश्वास ब्यत्त गरे । कार्यक्रममा नगर बिकास समितिका अध्यक्ष नगेन्द्र जमरकट्टेल,नेपाली काँग्रेसका बेलबारी नगर सभापति शम्भु भट्टराई,नेकपा एमालेका नगर अध्यक्ष योगेन्द्र सुबेदी,प्रस्ताबित उद्योग बाणिज्य संघका अध्यक्ष योगेन्द्र सुबेदी लगायतले प्राथमिक स्वास्थ्य केन्द्रले उपचारको अभाबमा छटपटाईरहेका यस भेगका जनतालाई सेवा दिने बिश्वास ब्यत्त गरे ।

स्वास्थ्य मन्त्रालय मार्फत सो स्वास्थ्य केन्द्रका लागी ४ लाख बजेट छुटयाईएको छ । स्थानीय बचत संस्थाको भवनमा सञ्चालित केन्द्रमा एकजना हेल्थ असिस्टेण्ट,एकजना अनमी र एकजना कार्यलय सहयोगी गरी ३ जना कर्मचारी करारमा रहनेछन । बेलबारी नगरपालिका कार्यलय देखि झण्डै ५ किलोमिटरको दुरीमा रहेको सो ठाँउका स्थानीयले बिरामी हुँदा बेलबारी बजार नै आउनुपर्ने बाध्यता रहेको थियो ।

बेलबारी नगरपालिकामा समेत एउटा हस्पिटल नभएको अबस्थामा सो क्षेत्रमा प्राथमिक उपचारका लागी स्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानीयलाई केही मात्रामा भएपनि राहत हुने स्थानीयहरु बताउँछन । केन्द्र स्थापना भएको ठाँउमा बजार ब्यबस्थित गर्नका लागी नगरपालिकाले १ लाख बजेट दिएको भएपनि स्थानीयको बेवास्ताका कारण सो बजेट सदुपयोग नभएको प्रति भने कार्यकारी अधिकृत लगायत स्थानीयहरुले नै रोष प्रकट गरेका छन । कार्यक्रम स्वास्थ्य केन्द्र ब्यबस्थापन समितिका अध्यक्ष राजेन्द्र चेम्जोङको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया