snake_surgery_operation3

एजेन्सी । पछिल्लो समयमा स्वास्थ्योपचारको क्षेत्रमा ठूलो प्रगति भइसकेको छ ।मानिस र अन्य जववारको जटिल उपचारविधि समेत विकास भइसकेको छ । तर, तपाईले सर्पजस्तो घातक र विषालु सर्पको पनि जटिल शल्यक्रिया भएको भने कमै सुन्नुभएको छैन होला ।

हो, दुईघन्टा लामो कठिन अपरेशन, त्यो पनि सर्पलाई बेहोस बनाएर, जसका कारण एउटा सर्पको ज्यान बचाइएको छ । एउटा धामन सर्पको शरीरमा पसेको प्लास्टिकको टुक्रा निकालिएको हो ।भारतको एक गाउँमा यो सर्प गम्भीर घाइते अवस्थामा भेटिएको थियो । यसबारेमा अनन्त नामका एक व्यक्तिले जानकारी गराएपछि पशु चिकित्सकले कठिन शल्यक्रिया गरेर सर्पको शरीरमा रहेको प्लास्टिकको टुक्रा निकालेका हुन् ।

अपरेशनका क्रममा डाक्टरले टुक्रा निकाल्ने कोशिस गरिरहेका बेला सर्पको होस आउन लागेपछि फेरि बेहोस हुने सुई लगाएका थिए । प्लास्टिकको टुक्रा निकालेर १० टाँका लगाइएको छ ।

snake_surgery_operation

snake_surgery_operation2

snake_surgery_operation4

snake_surgery_operation1

 

तपाईको प्रतिक्रिया