३ असार, काठमाण्डु। हिमालयन टाइगर प्रोफेस्नल रेस्लिङ एसोसिएसनले यही असार ४ गते मनोरञ्जनात्मक रेस्लिङ कार्यक्रम गर्ने भएको छ ।नेपालमा रेस्लिङ खेललाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ कालीमाटीको तरकारी तथा फलफूल बजारभित्र हुन लागेको हो ।एसोसिएसनका अध्यक्ष भरतबहादुर विसुरालले नेपालमा रेस्लिङको राम्रो सम्भावना भए पनि खेलाडी उत्पादन हुन नसकेकामा चिन्ता व्यक्त गर्दै यस खेलको विकासका लागि उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, व्यवसायी तथा कालीमाटी तरकारी बजार युवा क्लबको सहयोगमा शनिबार साँझ ४ बजे हुने उक्त कार्यक्रममा नौ जना नेपाली खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन् ।एसोसिएसनका अध्यक्ष विसुराल अन्तर्राष्ट्रिय तहका रेस्लर हुन् । उनले २०६० सालदेखि स्वदेश तथा विदेशमा प्रशिक्षणसमेत दिँदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया