udayapur-slc grading

३ असार, उदयपुर । प्रवेशिका परीक्षा (लेटरग्रेड प्रणाली) नेपालको लागि भविष्यमा घातक हुने राष्ट्रिय निजी तथा आवसिय विद्यालय एशोसियसन नेपाल (नेशनल प्यावसन) का अध्यक्ष कर्णबहादुर शाहीले बताएका छन् ।

मेची–महाकाली आठौं संशोधित शिक्षा ऐन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उदयपुर आई पुगेका अध्यक्ष शाहीले लेटरग्रेड प्रणाली हचुवाको भरमा लागु गरेकोले तत्कालको लागि शिक्षामा अन्तर्राष्ट्रिय स्तर निर्धारण गरेपनि भविष्यमा घातक हुने जिकिर गरे । विद्यार्थीले पढे पनि हुने र नपढे पनि हुने प्रवृतिले नेपालको बौद्धिक क्षमताको ह्रास भएको बताए ।

उनले भने–‘देशको समग्र विद्यालयको तथ्याङ्कलाई केलाएर हेर्ने हो भने सरकारी विद्यालयमा करिव ३५ प्रतिशत भन्दा बढी विद्यार्थी कक्षा कोठामा उपस्थित नहुने र अध्ययन नरुचाउनेहरुको जमात बढि रहँदा अध्ययन नै नगरी सर्टिफिकेट पाउने व्यवस्था राम्रो हैन् ।’लेटरग्रेड प्रणालीले झन शिक्षाको गुणस्तरमा कमी आउने उनको दाबी रहेको छ ।

खुल्ला रुपमा सबै पास भए पनि कहाँ सम्मलाई सरकारले सरकारी कर्मचारीको लागि उपयुक्त हुने भन्ने पनि स्पष्ट नगरेको उनले बताए । उनले भने, ‘लेभल ‘ए प्लस’ र लेभल ‘इ’ ले एस.एल.सी. पास गरेकै हो, तर पनि दुई विषय सम्म सैद्धान्तिक तर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याए पूरक परीक्षा दिनु पर्ने बाध्यता कायमै रहेको छ ।’

उच्च शिक्षा अध्ययनको लागि सरकारी विद्यालयबाट एस.एल.सी. उर्णिण विद्यार्थी सरह संस्थागत विद्यालयका विद्यार्थीले पनि छात्रवृति पाउनु पर्ने अध्यक्ष शाहीको भनाई छ । ‘शिक्षा सेवा कर, कम्पनी शुल्क, कम्पनी जरिवाना, सामाजिक सुरक्षा कर, आय कर लगायत कर गरी ४५ प्रतिशत भन्दा बढी निजी विद्यालयले राज्यको कोषमा कर बुझाएका छन ।पुर्बेलीन्युजबाट

तपाईको प्रतिक्रिया