test_im

कात्तिक ११ इनरुवा/
सुनसरीको कप्तान्गंजबाट डिजेल तस्करी गर्दै गरेको एम्बुलेन्स मोर्चा कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् ।
सुनसरी मोरङ्ग समाज बेलवारीको उक्त एम्बुलेन्स डिजेल तस्करीको क्रममा मोर्चाले नियन्त्रणमा लिएको हो ।
भारतीय बजारबाट ४ सय लिटर डिजल लुकाएर बिराटनगर तर्फ लैजादैं गरेको को १ च ७४०६ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको स्थानीय राजकुमार मेहताले बताए । एम्बुलेन्स नै तस्करीमा प्रयोग भएको भेटिएपछि तोडफोड हुन सक्ने भन्दै प्रहरी टोली त्यसतर्फ पठाइएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया