एजेन्सी।विश्वविख्यात सफ्टवेयर कम्पनी माईक्रोसफ्ट गाँजाको धन्दा संग जोडिएको छ।माईक्रोसफ्टले अमेरिकाको काईन्ड फाईनान्सियल नामको कम्पनी संग साझेदारी गरेको हो ।सो कम्पनीले यस्तो सफ्टवेयर बनाउँछ जसले गाँजाको विक्री वितरणलाई अनुसन्धान गर्न सहयोग पुर्याउँछ ।अमेरिकाको केन्द्रिय कानुनका अनुसार विभिन्न राज्यमा गाँजाको प्रयोगलाई प्रतिवन्ध लगाईएको छ ।
कानुनको यस्तो प्रकारको भ्रमलाई लिएर ठुला कम्पनीहरु अहिले पनि करोड डलरको व्यापारमा सामेल हुन बाट बचिरहेका छन्।तर माईक्रोसफ्टले विविसीलाई मेलमा दिएको बयान अनुसार यसबाट सरकारी ग्राहक र साझेदारहरुलाई उनीहरुको मिसन पुरा गर्न सहयोग मिल्ने जनाईएको छ ।अमेरिकी सरकारले माईक्रोसफ्टमा गाँजालाई बैधता दिएको छ ।