काठमाडौं । नक्कली चिकित्सकविरुद्ध अपरेसन चलाएको प्रहरीले तराईका जिल्लाबाट एकै दिन दुई दर्जनभन्दा धेरै चिकित्सक पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले तराईका पर्सा, मोरङ, चितवन, झापालगायतका जिल्लामा अपरेशन चलाएर दुई दर्जनबढी नक्कली चिकित्सक पक्राउ गरेको हो ।
तर, उनीहरुको सर्टिफिकेट नम्कली भएको पुष्टि भएपछि सिआइबीले एकैपटक पक्राउ गरेको हो । सिआइबीले भारतबाट अध्धयन गरेका डाक्टरहरुको शैक्षीक प्रमाणपत्र भारतका विभिन्न कलेजमा गई त्यसको आधिकारिकता परीक्षण गरेको थियो ।अाजको नयाँ पत्रिका दैनिकमा खबर छ ।