४ असार, रविन्द्र साह सप्तरी।सप्तरीको विभिन्न ग्रामिण भेगका स्थानीयबासीहरु सरसफाई प्रति निकै सचेत र सजग बन्दै गएका छन् । स्वच्छ रहनका लागि त्यहाँका स्थानीयबासीहरुले एक घर एक चर्पी निर्माण कार्यदेखि लिएर आफ्नो स्वास्थ्यको आफै ख्याल गर्ने कार्यमा लागिपरेका हुन ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले बरही बिरपुर गाविसमा संचालन गरेको पुर्ण सरसफाईका लागि जनचेतनामुलक अभिमुखीकरण तथा सरसफाई बारेमा अभिमुखीकरण कार्यक्रममा सहभागिहरुले सो कार्य गर्दै आएका छन । बरही बिरपुरका स्थानीयबासीहरुलाई साबुन पानीले हाथ धुनेदेखि लिएर कसरी दाँत माज्ने, सरसफाईमा कसरी ध्यान दिने लगायतका विषयमा अभ्यास गराईएको जिल्ला खानेपानी कार्यालयका गुलटेन यादवले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको पंसेरा गाविसका स्थानीयबासीहरु पुर्ण रुपमा सरसफाई गर्न थालेका छन । पंसेरा गाविस खुल्ला दिसा मुक्त भएपछि त्यहाँका स्थानीयबासीहरुले नियमित रुपमा चर्पीको प्रयोग गर्नुका साथै सरसफाईमा पुर्ण ध्यान दिने गरेका हुन । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीको आयोजनामा शुक्रबार पंसेरा गाविसमा संचालित पुर्ण सरसफाईका लागि पोषणयुक्त कार्यक्रम सम्बन्धि अभिमुखीकरण तथा जनचेतनामुलक कार्यक्रममा सहभागि स्थानीयबासीहरुले आफुहरुले पुर्ण रुपमा सरसफाई गर्दै आएको बताएका हुन ।

यसै क्रममा पंसेराबासीहरुलाई पुर्ण सरसफाईसँगै चर्पी प्रयोग, चर्पीको सरसफाई देखि लिएर ६ तरीकाबाट हाथ धुने तरीकासँगै सरसफाईमा कसरी सबै जनाले ध्यान दिने बारेमा सचेतना फैलाएको छ । सो कार्यक्रममा जिल्ला खानेपानी कार्यालयका हरी नारायण यादव, पत्रकार शुभ नारायण यादव, औरही गाविसकी सरसफाई अभियानकर्ता निर्मल कुमारी मण्डल, बब्ली साह सहितकाहरुले सरसफाई बारेमा स्थानीयबासीहरुलाई जनचेतना फैलाएका थिए ।

यसैबिच भोरुकवा एफएमका कलाकारहरु कैलाश झा, जिबछ दास, सरस्वति राउत, केशब चौधरी, श्री नारायण मण्डल सहितकाहरुले सरसफाई सम्बन्धित जनचेतनामुलक नाटक समेत प्रस्तुत गरिएको थियो ।.

तपाईको प्रतिक्रिया