४ असार, रविन्द्र साह सप्तरी।सिरहाको गोलबजार १० स्थित घुर्मी जंगलबाट प्रहरीले दुई नाल भरूवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको गस्ती टोलीले राती १० बजे लोड गरी जंगलमा राखिएको अवस्थामा उक्त हतियार बरामद गरेको हो । बरामद हतियार इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ भने बरामद हतियार बारे अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया