काठमाण्डु, ११ कात्तिक– गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित भएकी छन् ।

bidhya bhandari

व्यवस्थापिका–संसदमा बुधबार भएको निर्वाचनमा काँग्रेस उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गर्दै भण्डारी राष्ट्रपति निर्वाचित भएकी हुन् । भण्डारीले ३२७ र गुरुङले २१४ मत पाए ।
संसदमा कुल ५ सय ९७ सदस्य संख्या रहेकामा ५ सय ४९ मत खसेको थियो । भण्डारीलाई एमालेसहित एकीकृत माओवादी, राप्रपा नेपाल, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त र परिवार दललगायतका सभासदले मत दिएका हुन् ।

 

तपाईको प्रतिक्रिया