५ असार, वीरेन्द्रनगर । सल्यानको सल्लीबजार नजिकबाट भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ भने अरु दुई जना गम्भीर घाइते भएका छन् । घाइते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका पहरी कार्यालय कोहलपुरले जनाएको छ ।
चालक मिलन रावत र सहचालक उमेशजङ्ग शाह घाइते भएका छन् । बस सडकबाट झन्डै २०० मि तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ ।