असार ५ इनरुवा/सुनसरीको मधेशा गाविसमा पहिलो पटक पशु स्वास्थ्य शिविर संचालन गरिएको छ ।जिल्ला पशु सेवा कार्यालय सुनसरीले स्थानीय गाविसको कार्यालयसँगको सहकार्यमा निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरेको हो ।स्थानीय श्री शिशु विकासिनी प्राविमा संचालित शिविरमा गाविसका ९ वटै वडाका पशु किसानहरुले आआफ्ना चौपायाको स्वास्थ्य परिक्षण गराएका थिए ।
पहिलो पटक स्थानीयस्तरमा आयोजित निशुल्क पशु शिविरमा पशु स्वास्थ्य परिक्षण तथा अन्य सेवा लिने किसानहरुको निकै भिड लागेको थियो ।शिविरमा गाई,गोरी,भैंसी,राँगा,खसी बाख्राको निशुल्क स्वास्थ परिक्षण गर्नुका साथै विभिन्न स्वास्थ्योपचार समेत उपलब्ध गराइएको थियो ।पशु सेवा कार्यालयले किसानलाई लक्षित गरी घासे विउ समेत वितरण गरेको थियो ।किसानहरुको घरदैलोमा सेवा पुर्याउेन उद्येश्यसाथ शिविर आयोजना गरिएको जिल्ला पशु सेवा कार्यालय सुनसरीका प्रमुख शिवनाथ महतोले बताए ।