५ असार , युएई । युएईमा एक नेपालीको मृत्यु भएको छ । दुई हत्पा अघि पर्यटक भिसामा युएई पुगेका झापा धाईजन–३ का २१ बर्षिय विशाल मेचेको हृदयघातका कारण ज्यान गएको हो ।हृदयघात भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो । विशालका ठूलोबुवा दुबईको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत छन् । मेचे ठूलोबुवा मार्फत दुई हप्ता अगाडिमात्र दुबई गएका थिए । मेचेको शव सारजाहको कासमिरा अस्पतालमा छ ।

तपाईको प्रतिक्रिया