neha press saptari rahat todfod

५ असार, रविन्द्र साह सप्तरी। मधेश आन्दोलनका क्रममा प्रेसमा प्रहरीले तोडफोड गरि क्षति पुर्याएकोमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले आइतवार नेहा अफसेट प्रेसलाई रु १० हजार उपलब्ध गराउनु भएको छ ।

सप्तरीको रुपनीमा अध्यक्ष विष्टले प्रेसका प्रोपराइटर साहलाई रु १० हजारका चेक हस्तान्तरण गर्नुभयो । मधेश आन्दोलन चलिरहेको वेला २०७३ पुष, ७ गते प्रहरी नेहा अफसेट प्रेसमा प्रवेश गरी गेटको सिसा, प्रिन्टर र क्यामरा फुटाएका थिए ।

तपाईको प्रतिक्रिया