नवलपरासी / फुटबल खेलाडी विमल घर्ती मगरले बहिनी मनिषाको हत्यालाई प्रहरीले आत्महत्या भनेर छानबिन फितलो पारेको आरेप लगाएका छन् । एक महिना पुग्न लाग्दा पनि संलग्नलाई कारबाहीको साटो आत्महत्या नै हो भनेर अभियुक्तलाई चोख्याउन खोजेको आरोप उनले लगाए ।
मनिषाको हत्याको आरोपमा पक्राउ परेका आशिष भनिने रुद्रनारायण चौधरीबाहेक अरु कोहीमाथि आफ्नो परिवारले शंका नगरेको उनले प्रस्ट्याए ।
‘अरु कसैमाथि शंका छैन, उसैले गरेको हो,’ उनले भने । प्रहरीले आत्महत्या भनेर प्रचार गरेकोमा दुःख लागेको जनाउँदै आफूहरुले न्याय नपाएको दुःखेसो पोखे ।घटना देख्ने कसैले पनि आत्महत्या भन्न नसकेको दावी गर्दै राम्रोसँग र सुक्ष्म तरिकाले छानबिन गर्न माग गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।