काठमाडौं / कलेज नै निलम्बनमा परेपछि आफूहरु विचल्लीमा परेको भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत ७५ विद्यार्थी ढाकास्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् ।

 प्रावधान पूरा नगरेको र शैक्षिक कार्यक्रममा समस्या देखिएको भन्दै सरकारले अध्ययनरत कलेजलाई केही समयका लागि निलम्बन गरेकाले आफूहरु समस्यामा परेको विद्यार्थीले गुनासो गरेका छन् । आइतबार उक्त कलेज निलम्बित परेको जानकारी पाएपछि विद्यार्थी दूतावासको सम्पर्कमा पुगेका थिए ।

‘तीन निजी कलेजका ७५ विद्यार्थी समस्यामा परेको जानकारी आएको छ । शैक्षिक कार्यक्रम र पूर्वाधार अपुग भन्दै बंगलादेश सरकारले अस्थायी रुपमा सस्पेन्स गरेको जानकारी आएको हो,’ कार्यबाहक राजदूत सुशील लम्सालले टेलिफोनमा भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया