salman bipasa

सलमान खानले हालै करण ग्रोबरसँग विवाह बन्धनमा बाधिँएकी बिपाशा बासुलाई केही समय अघि १० करोडको गिफ्ट दिएको कुराले खुबै ठुलो चर्चा पाएको थियो ।सामाजिक सञ्जालमा यस कुराको खुबै ठुलो प्रचार पनि भयो ।

बिपाशाले भने बल्ल उक्त कुराबारे प्रतिक्रिया दिएकी छिन् ।सुन्नमा आएको थियो कि सलमान खानले उनलाई १० करोडको घर गिफ्ट स्वरुप दिएका थिए । तर बिपाशाले सामाजिक सञ्जाल टिवइटरमा भनेकी छिन्,‘कसैले त्यतिकै मलाई किन त्यत्रो गिफ्ट दिने । बकवास कुरा । गिफ्टको मुल्यभन्दा ठुलो हावा कुरा हो ।’रिउमरमात्र भएको भन्दै उनले यस्ता कुराहरु कहाँबाट कसले फिजाएको हो भन्ने बारे उनलाई केही थाहा नभएको बताएकी छिन् ।

 

तपाईको प्रतिक्रिया