काठमाडौ ।(फाइल फोटो) बेलायती सेनाका गोर्खा र भूतपूर्व नेपाली गोर्खा भन्ने वित्तिकै विश्वभर पहिलो नाम लिइने बहादुर सेनामा पर्छन् ।सोही कारण अफगानिस्तानमा अन्तर्रा्ष्ट्रिय समुदाय रहने स्थानहरुलाई गोर्खाले पहरेदारी गरिदियोस भन्ने अपेक्षा गरिन्छ ।
एलिजावेथलाई आफ्नो मुलुकको रानी मान्ने क्यानडेलीले पनि नेपाली गोर्खालाई नै रोजे । उनीहरुले पनि नेपाली गोर्खाबाट सुरक्षित महसुस गर्दै आए । तर सोमबार विहानै तिनै गोर्खाली चढेको गाडी उनीहरुलाई सुरक्षा दिन जानेक्रममा आत्मघाती बम आक्रमणमा र्पयो । १४ नेपालीको ज्यान गयो ।
तालिवानी आतंककारीहरु गोर्खासँग सकेसम्म अगाडि पर्न चाहँदैनथे । त्यहाँ रहेका एक भुतपूर्व गोर्खाले कान्तिपुरसँग भने, ‘हामी भएको स्थानमा तालिवानले आक्रमण गरेका थिएनन् ।कतिपय स्थानमा उनीहरुले आक्रमण गर्ने भने पनि त्यो स्थानमा गोर्खा सैनिक पुगेपछि तुहिने गरेको थियो ।’
नेपालीहरु यस्तो घटनामा परेलगत्तै परराष्ट्र मन्त्रालयमा अनौपचारिक बैठक बस्दै ‘निसानामा नेपाली किन ?’ भन्दै आन्तरीक छलफल सुरु भएको छ । आजको कान्तिपुरमा समाचार छ।