bhrol gabis training

७ असार,इनरुवा।भरौल गा.बि.स.सुनसरीको सहयोग तथा सामाजिक बिकासका साथीहरु इनरुवा सुनसरीको आयोजनामा १ दिने योजना क्षमता बृद्धि तालिम सम्पन्न भएको छ।

उक्त कार्यक्रमको समुदघाट्न कार्यक्रमका मुख्य अतिथी भरौल गा.बि.स.का सचिव शाखा अधिकृत श्री शोभा दाहालले गर्नु भएको थियो भने समुद्घाट्न कार्यक्रमको अध्यक्षता सामाजिक विकासका साथीहरु, नेपालका अध्यक्ष श्री बिनोद प्रसाद ढकालले गर्नु भएको थियो ।

उक्त तालिममा उपभोक्ता समिति, सामुदायिक संस्था, महिला समुह, तथा बडा नागरिक मंचका प्रतिनिधिहरु महिला पुरुष गरि जम्मा ४५जना सहभागिहरु थिए ।प्रशिक्षकहरुमा  बिनोद प्रसाद ढकाल, रामबिलास मेहता, सिता श्रेष्ट,  मिना भट्राइ तथा साबित्रा बस्नेत हुनुहुन्थ्यो ।

 

 

तपाईको प्रतिक्रिया