koshi barrage

७ असार, इनरुवा । विगत केहि घन्टाको अविरल वर्षाका कारण सप्तकोशी नदिमा पानीको बहाव अकस्मात बढेको छ ।अविरल वर्षा भइरहेकाले पानीको बहाव अझै बढ्न सक्ने भए पनि अवस्था खतराबाहिर रहेको सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले जानकारी दिएका छन् ।

मंगलबार बिहान कोशी ब्यारेजमा १ लाख २६ हजार ८३० क्युसेक पानी मापन गरिएको थियो भने  दिउँसो पानीको बहाव घटेर १ लाख ९ हजार ४ सय ८० क्युसेक पानीको बहाव पुगेको छ । ब्यारेजका ५६ मध्ये अहिले २१ ढोका खोलेर पानीलाई निकास दिइएको छ ।

चापागाईका अनुसार आजै सुनसरीको चतरा स्थित सप्तकोशी नदिमा बाढिको पुर्व सतर्कता अपनाउने मेसिन ( राडर) जडान गरिएको छ । जल उत्पन प्रकोप महाशाखाको सक्रियतामा उक्त राडर जडान गरिएको हो । बाढिको प्रभावको बारे जानकारी दिने तथा क्षति न्युनिरकण गर्न राडरले सहयोग गर्ने चापागाईले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया