इनरुवा ७ असार /अविरल वर्षाका कारण सुनसरी खोलामा बाढी आउँदा खोला किनारको वस्ती डुबानमा परेको छ ।बाढीका कारण सुनसरी खोला किनारको भोक्राहा गाविसको वडा नम्वर ७ मा पानी छिरेको छ ।खोलाको पानी सतह नाघी बस्तीमा छिरदा दजर्न बढी घर डुबानमा परेका छन् ।
पानी पर्ने क्रम जारी रहे सुनसरी खोला किनारको पुरै वस्तीमा पस्न सक्ने सम्भावना देखिएको भन्दै स्थानीयहरु त्रसित छन् ।केही परिवार बाढीका कारण विस्थापित भई सुरक्षित स्थानमा बसेका छन्।सुनसरी खोलामा आएको बाढीले अन्य स्थानमा समेत कटान थालेको छ । दक्षिणवर्ति गाविसहरुमा समेत सुनसरी खोलाको पानी छिर्न थालेको छ ।जिल्लाको दक्षिणवर्ति गाविसहरुमा पानीको उचित निकाश नहुँदा सामान्य पानी पर्दा समेत डुबानको समस्या निम्तँदै आएको छ ।