७ असार, रविन्द्र साह सप्तरी। उदयपुरको रामपुर ठोक्सिला ७ मा मंगलबार बिहान चट्याङ पर्दा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । अविरल वर्षासंगै चट्याङ पर्दा घरबाट निस्कदै गरेकी रामपुरठोक्सिला ७ बस्ने ४० वर्षिया शर्मिला उपरकोटीको घटनास्थलमै मृत्यु भएको हो । चट्याङका कारण सोही स्थान बस्ने ६५ वर्षिया रुद्र बहादुर कार्की र उनका नाती १२ वर्षिय अर्जुन कार्की गम्भीर घाइते भएका छन । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया