असार ७, काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । जस अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब ३० मिनेट अन–नेट टक टाइम कर सहित मात्र रु ८ मा खरिद गर्न सक्रनेछन् । यो योजना २०७१ असार ० गते बाट लागु हुनेछ । यस योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ३० मिनेट अन–नेट टक टाइम रहेको भ्वाईस प्याक कर सहित मात्र रु ८ मा खरिद गर्न सक्छन् र प्याक सुचारु भए पछि कर सहित मात्र २७ पैसा प्रति मिनेटमा एनसेलको अन्य कुनै पनि नम्बरमा कुरा गर्न सक्छन् । यो प्याकको सुविधा बिहान ५.०० बजे देखि बेलुका ५.०० सम्ममा लागु हुनेछ ।
“आफ्ना प्रिपेड ग्राहकका लागि कर सहित मात्र २७ पैसा प्रति मिनेटको दरमा एनसेलको अन्य नम्बरमा कल गर्न सकिने यो आकर्षक प्याक ल्याउन पाउँदा हामी हर्षित छौ । प्याकको समयावधि २४ घण्टा रहेकोले दिउँसोे प्याक सुचारु गरेका ग्राहकले टकटाईम बाँकी छ भने भालिपल्ट बिहान ५ बजेबाट दिउँसो सम्म पनि यो टक टाइम प्रयोग गर्न सक्छन्,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यो अफर ग्राहकहरुलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्घताको एउटा अर्को प्रमाण हो,” शर्माले भने ।
प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । ग्राहकले पनि एस्ट्रिक्स् ९०१ ह्यास डायल गरी आफ्नो बाँकी टक टाइमको जानकारी लिन सक्छन् । यो योजना ९० दिनको लागी लागु हुनेछ । यस अघि ल्याईएको दैनिक र साप्ताहिक भ्वाईस प्याकहरुलाई पनि एनसेलले स्थाई बनाएको छ । जसअन्र्तगत ग्राहकले दैनिक भ्वाईस प्याकमा कर सहित रु १ रुपैयाँ र साप्ताहिक भ्वाईस प्यार्कमा कर सहित ८६ पैसा प्रति मिनेटमा कुरा गर्न सक्छन् ।