काठमाडौ । के भारतले संविधान जारी भएपछिका यावत् घटनाक्रममा आफ्नो कमजोरी रहन पुगेको निष्कर्ष निकालेकै हो ? छिटो नयाँ राजदूत तोक्न र राष्ट्रपतिको अवरुद्ध भारत भ्रमण यथाशीघ्र सुचारु गर्न पोखिएको आग्रह बिग्रिएको सम्बन्ध सुधारतर्फको पहल हो ?

ओली सरकार बन्न नदिन ढुक्कै काठमाडौँमा खटिएका ‘र’ कै पूर्व हाकिम एबी मथुरसमेतलाई राखेर भारतीय प्रधानमन्त्री कार्यालय अन्तर्गत राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल नेतृत्वको कमिटीले वर्मा, नेपाल र बंगलादेशको सम्बन्धलाई नयाँ ढंगले हेर्न छुट्टै उपकमिटी बनाएबमोजिम पूर्व जासुसहरु काठमाडौँ आएका हुन्।

द्विदेशीय सम्बन्ध पुनरावलोकनको समग्र अध्ययनपश्चात उनीहरुले आफ्ना प्रधानमन्त्रीसमक्ष एउटा प्रतिवेदन बुझाइसकेको स्रोतको दावी छ ।नेपाल पूरै चिनियाँ इन्ट्रेष्ट घेरामा परिसकेको टोलीको बुझाइ छ ।‘पहिलो आफ्नो स्वार्थ विरुद्ध जाने अवस्थातिर मात्र केन्द्रित रहने चीन अहिले सत्ता बनाउने र टिकाउनेतिर खुलेर लाग्नु हाम्रानिम्ति चिन्ताको विषय हो’ भारतीय जासुसहरुको यस्तो ठम्याइ छ ।

उनीहरुले भनेका छन् ‘अहिलेको गठबन्धन टुट्न तत्काल सम्भव देखिन्न । त्यसैले अव हामी नेपाललाई इन्गेज गराउनेतिर लाग्नुपर्छ । दुई देशबीच दूरी बढ्नुको प्रमुख कारण मधेस समस्या हो । सिमांकनको समस्या हेरफेर बाहेक मधेसी दलका अरु मागप्रति थप लेनादेना आवश्यक छैन् । आजको जनआस्थामा समाचार छ ।

 

तपाईको प्रतिक्रिया