संसार के हो भन्ने कुरा अहिले पनि रहस्यमै छ । संसारमा हुने गतिविधिहरु पनि रहस्यात्मक हुने गरेका छन् । पृथ्विमा भएका केही अनौठा र रहस्यात्मक दृष्य तथा स्थानहरु हामीले यहाँ प्रस्तुत गरेका छौं ।

१. रातो गंगटो

rato gangato

रेड क्र्याब माइग्रेसन गंगटोको लागिे लागि अष्ट्रेलीयाको क्रिसमस् आईसल्यान्ड मुख्य स्थान हो । अक्टोवर र नोभेम्बर महिनामा गंगटाको ठूलो समुहले जंगलबाट समुद्री क्षेत्रतर्फ  बसाई सर्न थाल्दछन् । ती गंगटाहरुले समुद्र वरिपरि फुल पार्दछन् र त्यही वरिपरि छरिएर रहन्छन् । क्रिसमस् आईसल्यान्डमा गंगटो लाई एन्यअल मास माईग्रेसन भन्ने गरिन्छ ।

२. गुलाबी ताल

gulabi-tal

गुलावी ताल भनेर चिनीने यो ताल दक्षिण अफ्रिकामा पर्दछ । एटलान्टीक महासागरबाट छुट्टीएको यो तालको रङ गुलाबी छ । यो तालमा नुनको मात्रा धेरै भएकाले व्याक्टेरिया उत्पादन हुने गर्छ । सुर्यको किरणले यो तालको रङ समेत बदल्ने गरेको छ ।

३. खुसीको शहरमा एउटा रुख

tree

यो रुख हङकङको ह्याप्पी भ्याली स्थित घोँडा दौडने क्षेत्रमा पाईन्छ । यो रुख अजिबको छ । आफू जसरी उम्रेको छ त्यही आकारमा ईट्टा जस्तै भएर यो बढ्दै जाने गरेको छ ।

४. मोएराकी वोल्डेर्स

stone

न्युजील्यान्डको ओटागो कोस्ट क्षेत्रमा पाईने यो एकप्रकारको अनौठो ढुंगा हो । उक्त ढुंगा असामान्य रुपले ठूलो र गोलो आकारमा बढ्दै जान्छ । साथै हावाको तीव्र वेगले यो ढुङ्गाको आधार परिवर्तन हुने गरेको छ ।

५. दागै दागको ताल

spoted-lake dagai dag ko tal

दागैदाग भएको यो ताल क्यानडामा पर्दछ । नुनीलो पानी मिसावट भई बनेको उक्त तालबाट निस्कने पानी वाष्पीकरण भई दागहरुमा परिणत हुने गर्दछ ।

६. इन्द्रेणी रुख वा रेन्बो गम

tree saptrangi

यो एक अग्लो रुख हो । यसलाई रेन्बो गम भनेर पनि चिनिन्छ । यो रुख ६ फिट देखि २०० फिटसम्म फैलीएको हुन्छ । मौसमअनुसार विभिन्न रङमा बदलिने भएकोले यसलाई ईन्द्रेणी रुख भनिएको हो । यो रुख न्यु व्रिटेन, न्यु गुयना लगायतका क्षेत्रमा पाईन्छ ।

७. चम्किलो अदभूत वस्तु

chamklilo-kan

अत्यन्तै साना तथा चम्कीला कणहरुले प्रकाशको रचना गरेको छ । यो अद्भुत वस्तु ताइवान तथा त्यस वरिपरिका केही अन्य क्षेत्रमा पाईन्छ । यसलाई टल्कीने अर्थात चम्कीलो लहर पनि भनिन्छ ।

८. आगोको गुफा

burning-cave aago ko gufa

डोर टु हेललाई नर्गको बाटो भनेर पनि चिनीन्छ । यो आगोको गुफा हो । काराकुम मरुभुमीको बीचमा अवस्थीत सो गुफा प्राकृतिक ग्यास जम्मा भई बनेको हो । सन् १९७१ मा एउटा ठूलो गुफा जमिनमुनी भासिएको र त्यसबेला देखि निरन्तर रुपमा मिथेन ग्यास बलीरहेको छ ।

तपाईको प्रतिक्रिया