byke accident

८ असार, झापा । पूर्व–पश्चिम राजमार्गअन्र्तगतको धाइजन–६ सडकखण्डको देवनीय पुल नजिकै मोटरसाइकलको ठक्करबाट आज दिउँसो एक पैदल यात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा गरामनी–३ निवासी ५५ वर्षीय ज्ञानबहादुर लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

लिम्बूलाई मङ्गलबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ५ प ३४९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको र उपचारको क्रममा आज दिउँसो विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको बताइएको छ ।दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय चारआलीको नियन्त्रणमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया