८ सप्तरी, रविन्द्र साह सप्तरी। सप्तरीको बरही बिरपुर, पंसेरा र भुतही गाविसमा सरसफाई तथा पोषण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले संचालन गरेको सो कार्यक्रममा जिल्लाका विभिन्न ग्रामिण भेगका स्थानीयबासीहरु aसरसफाई प्रति निकै सचेत र सजग बन्दै गएको हो ।

स्वच्छ रहनका लागि त्यहाँका स्थानीयबासीहरुले एक घर एक चर्पी निर्माण कार्यदेखि लिएर आफ्नो स्वास्थ्यको आफै ख्याल गर्ने कार्यमा लागिपरेका हुन । त्यस्तै त्यहाँका गर्भवति महिलाहरु गर्भवति भएको समयमा चार पटक सम्म चेकजाँच गराउनुका साथै आफनो स्वास्थ्यप्रति कसरी हेरचार गर्ने तथा सरसफाईमा पुर्ण ध्यान दिने प्रतिवद्धता जनाएका छन ।

त्यस्तै बरही बिरपुर गाविसमा संचालन गरेको पुर्ण सरसफाईका लागि जनचेतनामुलक अभिमुखीकरण तथा सरसफाई बारेमा अभिमुखीकरण कार्यक्रममा सहभागिहरुले सो कार्य गर्दै आएका छन । बरही बिरपुरका स्थानीयबासीहरुलाई साबुन पानीले हाथ धुनेदेखि लिएर कसरी दाँत
माज्ने, सरसफाईमा कसरी ध्यान दिने लगायतका विषयमा अभ्यास गराईएको छ ।

त्यस्तै जिल्लाको पंसेरा गाविसका स्थानीयबासीहरु पुर्ण रुपमा सरसफाई गर्न थालेका छन । पंसेरा गाविस खुल्ला दिसा मुक्त भएपछि त्यहाँका स्थानीयबासीहरुले नियमित रुपमा चर्पीको प्रयोग गर्नुका साथै सरसफाईमा पुर्ण ध्यान दिने गरेका हुन । त्यस्तै पंसेरा गाविसमा संचालित पुर्ण सरसफाईका लागि पोषणयुक्त कार्यक्रम सम्बन्धि अभिमुखीकरण तथा जनचेतनामुलक कार्यक्रममा सहभागि स्थानीयबासीहरुले आफुहरुले पुर्ण रुपमा सरसफाई बारेमा जानकारी प्रदान गरेको छ ।

यसै क्रममा पंसेराबासीहरुलाई पुर्ण सरसफाईसँगै चर्पी प्रयोग, चर्पीको सरसफाई देखि लिएर ६ तरीकाबाट हाथ धुने तरीकासँगै सरसफाईमा कसरी सबै जनाले ध्यान दिने बारेमा सचेतना फैलाएको छ । सो कार्यक्रममा जिल्ला खानेपानी कार्यालयका हरी नारायण यादव, पत्रकार शुभ नारायण यादव, औरही गाविसकी सरसफाई अभियानकर्ता निर्मल कुमारी मण्डल, बब्ली साह सहितकाहरुले सरसफाई बारेमा स्थानीयबासीहरुलाई जनचेतना फैलाएका थिए।

तपाईको प्रतिक्रिया