climate change jalwayu pariwartan
जलवायु परिवर्तनका कारणले मुलुकमा हुने क्षतिलाई न्युनिकरण गर्नका लागि सबैजना सचेत बन्नुपर्नेमा जोड एक कार्यक्रमका सहभागिहरुले दिएका छन । गाउँ विकास समिति राष्ट्रिय महासंघ नेपालको आयोजना तथा अन्र्तराष्ट्रिय एकिकृत विकास केन्द्र इसिमोडको सहकार्यमा राजविराजमा चार दिने जलवायु परिवर्तन र अनुकुलन सम्बन्धि प्रशिक्षण कार्यक्रममा सहभागिहरुले सो कुरामा जोड दिएका हुन
। सो चार दिने तालिममा जिविस, गाविस, नगरपालिका, विभिन्न कार्यालयकाप्रतिनिधि, वडा नागरिक मंच, नागरिक सचेतना केन्द्र सामुदायिक वन समुहसहितका करिब ५ दर्जन ब्यक्तिहरुको सहभागिता रहेको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया