काठमाडौं । नेपालमा रहेका २६ वटा बिमा कम्पनीमार्फत एक लाखभन्दा बढीले इन्स्योरेस्न एजेन्टको लाइसेन्स लिएका छन् । तयसमध्ये पनि करिब ३० हजार एजेन्ट सक्रिय छन् । आफ्नो दक्षता र क्षमताअनुसार कमाइ गर्ने पनि छन् ।
त्यस्तै, बिमा कम्पनी आफैंले तालिम दिएर एजेन्ट बनाउने काम गर्दा दक्ष जनशक्ति उत्पादन नभइरहेको अवस्था छ । त्यसैले एजेन्टको तालिम तथा लाइसेन्स दिने काम बिमा समितिल गर्नुपर्छ । कम्पनीले एजेन्टलाई प्रोडेक्ट बिक्री गरेका आधारमा विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउँछन्। बिमा कम्पनीको एजेन्ट बन्न चाहनेल आफूसँग उपलब्ध जुनसुकै समय पनि सदुपयोग गर्न सक्छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।