काठमाडौं । आफूले दर्ता गरेको सार्वजनिक सरोकारको एउटा निवेदनलाई सर्वोच्च अदालतले सुनवाई गर्न विलम्ब गरेको भन्दै अधिवक्ता पूर्णचन्द्र पौडेल बुधबारबाट आमरण अनशनमा बसेका छन् ।
अपूर्ण न्यायपरिषदले सर्वोच्च अदालतमा सिफारिस गरेका नौ स्थायी न्यायाधीशको नियुक्ति प्रक्रिया रोक्न मागसहित दायर रिटलाई सर्वौच्च अदालतले ११ पटकसम्म स्थगित गरेर जानीजानी प्रयोजनहीन बनाउन लागेको उनको आरोप छ ।
उनले आफ्नो मुद्दालाई १४ पटक पेसी सूचीमा राखेर पनि सुनुवाइ नगरिएको बताए । उनी नेपाल बार एसोसिएसन परिसरमा पाल टाँगेर अनसनमा बसेका छन् ।अाजको राजधानी दैनिकमा खबर छ ।