इनरुवा असार ९/मुलुकमा अराजकता, वेथिति र अप्रजातान्त्रिक प्रकया अघि बढेको भन्दै त्यसका विरुद्ध भण्डाफोर अभियानका लागि राजावादीहरुले सुनसरीमा मोर्चा गठन गरेका छन् ।शाहीकालीन शिक्षा सहायक मन्त्री सिनेट श्रेष्ठले सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी मोर्चा गठनबारे जानकारी गराएका हुन् ।
गुम्दो राष्ट्रियताको संरक्षण र दलीय स्वार्थबाट मुलुकलाई जोगाउन मोर्चा गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।साउनको पहिलो साता मोर्चालाई पूर्णता दिई राष्ट्रियता बचाउने अभियानको थालनी सुनसरीबाटै गरिने बताइएको छ ।घरदैलोका साथै सार्वजनिक स्थलहरुमा शान्तिपूर्ण सचेतना मूलक कार्यक्रलाई मोर्चाले अघि बढाउने जनाएको छ ।राजसंस्था हटाइपछि मुलुकलाई नेताहरुको रजाई गर्ने थलो बनाएको आरोप लगाएका श्रेष्ठले त्यसयता मुलुकमा अराजकता बढेको दावी गरे ।